ग्लोबल आईएमई बैंक लिमिटेडको अलोइ प्रा.लि.सँग समझदारी

Global-IME-Bank-Aloi-private-limited

तातोखबर, काठमाडौं / ग्लोबल आईएमई बैंक लिमिटेडले ग्रिन इनान्सिङ प्रवर्धनका लागि अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ।

यो समझदारीसँगै ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवा प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ। समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्धन गर्न थप मद्दत पुग्ने लक्ष्य बैंकले लिएको छ।

Advertisement:Global-IME-Bank-Aloi-private-limited

ग्लोबल आईएमई बैंक मुलुकका ७७ नै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट सेवा  प्रवाह गरिरहेको बैंकले जनाएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याएको दाबी छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application