NTC App - Ad

ग्लोबल आइएमई र सिमेक्स इंकबीच सम्झौता, बिवाइडी गाडी किन्दा सहजै कर्जा

global-ime-bank-limited

तातोखबर, काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धमा समझदारी भएको छ ।

उक्त समझदारीअनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाइडी ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात नियमानुसार बैंकले उचित ठहर्‍याएका ग्राहकलाई ३ कार्य दिनभित्र सहजरूपमा सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।

Advertisement:global-ime-bank-limited

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् ब्‍याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :