सात दिनभित्र विद्यालयको नाम नेपालीमा राख्न निर्देशन, नभए विद्यार्थी भर्ना रोक्ने

तातोखबर, काठमाडौँ / काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामकरण प्रक्रिया अघि बढाउन निर्देशन जारी गरेको छ।
बुधबार महानगरपालिकाले एक सूचना जारी गर्दै नेपालीपन झल्किने नाम राख्ने प्रक्रिया अघि बढाउन विद्यालयहरूलाई निर्देशन दिएको हो।
महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमविपरीत देखिएको भन्दै सात दिनभित्र महानगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ । यो अवधिमा मौलिक नाम राख्ने प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानगरले चेतावनी दिएको छ।
महानगरले शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस