राप्रपा सत्ता केन्द्रित गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनै पनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने प्रष्ट पारेका छन्।
सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
मंगलवार काठमाडौँमा आयोजित काठमाडौँ गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनै पनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दावी समेत गरे।
उनले नयाँ सत्ता समिकरण बन्नासाथ आफूहरुले कुनै पनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस