सीरियामा इजरायली सेनाले गरेको आक्रमणमा सात इरानी अधिकारीको मृत्यु

तातोखबर / सीरियाको राजधानी दमाश्कसमा इजरायली सेनाले गरेको आक्रमणमा सात इरानी अधिकारीको मृत्यु भएको छ।
इरानको रिभोल्युशनरी गार्डले एलिट कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर–जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर–जनरल मोहम्मद हादी हाजी–रहिमीलगायत मारिएका हुन् ।
मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्ये एक हुन्। इरान र इजरायलबीच यस प्रकारको लक्षित आक्रमण र हत्याको लामो इतिहास रहेको बीबीसीले जनाएको छ।
इरान र सीरियाले दमाश्कसमा हिजो भएको उक्त आक्रमणको निन्दा गरेका छन्। यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन।
गत अक्टोबरमा गाजा युद्ध सुरु भएपछि इरान समर्थित समूह हिज्बुल्लाहले लेबनान र सीरियासँग जोडिएको उत्तरी इजरायली सीमा क्षेत्रमा आक्रमण गर्दै आएका छन्।
यसको जवाफमा इजरायलले लेबनान र सीरियाका संवेदनशील क्षेत्रमै मिसाइल आक्रमण गर्ने गरेको छ। पछिल्लो पटक इरानका शीर्ष सैन्य कमाण्डार मारिएपछि मध्यपूर्वको तनाव थप गम्भीर बन्दै जाने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस