उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं / नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ।
बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ- १ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस