गाजामा जारी आक्रमणबीच इजरायली संसद् भवन घेराउ

protest-israyel

तातोखबर, काठमाडौं / गाजामा जारी आक्रमणबीच इजरायलमा सरकारविरुद्ध हालसम्मकै ठूलो प्रदर्शन भएको छ। प्रदर्शनकारीले जेरुसेलमस्थित इजरायली संसद् भवन घेरा हालेका छन्।

दुई दिनदेखि जारी प्रदर्शनमा तत्काल युद्धविराम गरी बन्धक छुटाउन सरकारसँग माग गरिएको छ। साथै प्रदर्शनकारीले मुलुकमा नयाँ आम निर्वाचनको माग समेत अघि बढाएका छन्। गत अक्टोबरदेखि गाजामा जारी आक्रमणयता यरुसेलममा सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ।

Advertisement:protest-israyel

७ अक्टोबरमा दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि सुरक्षा असफलतालाई लिएर सरकारले व्यापक आलोचना खेप्नु परिरहेको छ। आक्रमणमा इजरायलमा एक हजार १३९ जनाको मृत्यु भएको थियो। २५० भन्दा बढीलाई हमासले अपहरण गरी बन्धक बनाएको थियो।

बन्धक बनाइएकामा नेपालका विपीन जोशीसहित कैयौँ विदेशी नागरिकसमेत थिए। प्यालेस्टाइनी अधिकारीका अनुसार उक्त आक्रमणको बदलामा इजरायलले गाजामा जारी राखेको कारबाहीका क्रममा ३२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। यो बीचमा गत नोभेम्बरमा भएको युद्धविराममा १०० भन्दा बढी रिहा भए पनि अझै डेढ सय जना हमासको कब्जामै छन्।

जेरुसेलममा प्रदर्शनमा उत्रिएकाहरुले उनीहरुको तत्काल रिहाईका लागि युद्धविराम गर्न, नयाँ चुनाव गर्न र प्रधानमन्त्री बेन्जामिन नेता न्याहूले राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application