इलाम-२ अन्तिम मतपरिणाम : एमालेका सुहाङ नेम्बाङ विजयी

तातोखबर, इलाम / इलाम-२को अन्तिम मत परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन् ।
आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन् ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए। यस्तै, स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।
इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए ।
निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो। इलाम(२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।
बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस