इलाम पछिल्लो अपडेट : सुहाङले कटाए १६ हजार मत

तातोखबर, काठमाडौं / इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार मत कटाएका छन्।
३९ हजार ४ सय २५ सदर मत गणना हुँदा सुहाङले १६ हजार २ सय १९ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १० हजार ५ सय ५७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय ६२ रहेको छ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ६ सय ४५ मत ल्याएका छन्।
१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस