NTC App - Ad

इलाम मतगणना अपडेट : सुहाङलाई ४ हजार मतको अग्रता

ilam-election-update-tatokhabar-tato-khabar

तातोखबर, इलाम / इलाम-२मा जारी उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झण्डै ४ हजार मतको अग्रता बनाएका छन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका  छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्काबीचको  मतान्तर ३ हजार ७ सय ५४ रहेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएका छन् ।

Advertisement:ilam-election-update-tatokhabar-tato-khabar

नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २ सय ६० मत प्राप्त गरेका छन् ।

इलाम–२हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले माई नगरपालिका-६ र ७ मा मतगणना भइरहेको छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :