इलाम मतगणना अपडेट : सुहाङलाई ४ हजार मतको अग्रता

तातोखबर, इलाम / इलाम-२मा जारी उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झण्डै ४ हजार मतको अग्रता बनाएका छन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर ३ हजार ७ सय ५४ रहेको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएका छन् ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २ सय ६० मत प्राप्त गरेका छन् ।
इलाम–२हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिले माई नगरपालिका-६ र ७ मा मतगणना भइरहेको छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस