बझाङको मतगणना अन्तिम चरणमा, एमालेका भण्डारीको अग्रता बढ्दै
तातोखबर, बझाङ / बझाङको जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई अझ बढाएका छन् । पछिल्लो मत परिणामअनुसार भण्डारीले ११ हजार १०२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन् । यो भनेको उनीहरूबीच ३४१ मतको अन्तर हो ।
यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढा तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह चौथो स्थानमा छन् ।
बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

