युद्धविरामको प्रस्ताव बोकेर कायरो पुगे हमास प्रतिनिधि

इजरायल / गाजा युद्ध रोक्न हमास प्रतिनिधि युद्धविरामको प्रस्ताव बोकेर कायरो पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासका सहायक प्रमुख खलिल अल-हाया युद्धविरामको प्रस्ताव लिएर इजिप्ट पुगेका हुन्।
इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्दै आएको छ। हाया कतारबको दोहाबाट इजिप्टको कायरो प्रस्थान गरेपछि पनि इजरायलले गाजामा आक्रमण भने जारी राखेको छ। युद्धविरामको विषयमा चासो बढेका बेला इजरायली आक्रमणमा गाजाको रफाहमा एकै परिवारका ९ सदस्यसहित २० जनाभन्दा बढीको मृत्यु भएको एजेन्सीले जनाएको छ।
इजरायलको जारी कारबाहीका कारण युद्धविरामको अर्को प्रयासमसेत प्रभावित हुने आशंका गरिएको छ। इजरायलले युद्धविरामप्रति सकारात्मक रहेको बताएपछि हमासका सहायक प्रमुख कायरो प्रस्थान गरेका थिए। ७ अक्टोबरयता जारी आक्रमणमा गाजामा साढे ३४ हजार मानिसको मृत्यु भइसकेको छ।
यसैबीच गाजामाथिको आक्रमण रोक्न माग गर्दै अमेरिकामा जारी प्रदर्शन प्रहरीको दमनका बाबजुद थप बढ्दै गएको छ। कोलम्बिया विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकले शुरु गरेको प्रदर्शन देशका विभिन्न विश्विद्यालय तथा कलेजमा समेत फैलिएको छ। हालसम्म प्रहरीले ९ सयभन्दा बढी विद्यार्थी तथा शिक्षकलाई नियन्त्रणमा लिइसकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस