रोहितको सानदार शतकसहित नेपाल विजयी

nepali-cricket

काठमाडौं /  वेष्टइण्डिज विरुद्धको टी-२० खेलमा नेपालले पहिलो खेलमा विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा नेपालले २ बल बाँकी छदैँ ४ विकेटले जित हात पारेको हो ।

टस हारेर ब्याटिङमा आएको वेष्टइण्डिजले ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य भेट्टाउने क्रममा कप्तान पौडेलले ५४ बलमा १० चौका र ५ छक्काको मद्दतले ११२ रन बनाएर आउट भएका थिए।

Advertisement:nepali-cricket

यसअघि २४ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका थिए। यसैगरी कुशल भुर्तेल १६, अनिल साह ९,कुशल मल्ल १६, ७ रन बनाएर विवेक यादव आउट भएका थिए। गुलशन झा र प्रतिश जिसीले क्रमश : ९र ५ रनको अविजित रहे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application