टी-२० विश्वकप : १७ वर्षपछि फेरी भारतको पोल्टामा उपाधि

काठमाडौं / संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमाआयोजना भएको आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि हात पारेको छ । १७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६९ रन मात्रै बनाउन सक्यो।
भारतको जितका लागि विराट कोहलीले सर्वाधिक ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।
त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।
बलिङतर्फ भारतका लागि जस्प्रित बुम्राह र अर्शदिप सिंहले समान २-२ विकेट लिए भने हार्दिक पाण्डेयले ३ विकेट हात पारे ।
१० वर्षपछि टी-२० विश्वकपको फाइनलमा पुगेको भारतले सन् २००७ मा टी-२० विश्वकपको उपाधि उचालेको थियो । भारतले १७ वर्षपछि दोस्रो पटक टी-२० विश्वकप जितेर इतिहास रचेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस