रोहितको सानदार शतकसहित नेपाल विजयी

काठमाडौं / वेष्टइण्डिज विरुद्धको टी-२० खेलमा नेपालले पहिलो खेलमा विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा नेपालले २ बल बाँकी छदैँ ४ विकेटले जित हात पारेको हो ।
टस हारेर ब्याटिङमा आएको वेष्टइण्डिजले ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य भेट्टाउने क्रममा कप्तान पौडेलले ५४ बलमा १० चौका र ५ छक्काको मद्दतले ११२ रन बनाएर आउट भएका थिए।
यसअघि २४ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका थिए। यसैगरी कुशल भुर्तेल १६, अनिल साह ९,कुशल मल्ल १६, ७ रन बनाएर विवेक यादव आउट भएका थिए। गुलशन झा र प्रतिश जिसीले क्रमश : ९र ५ रनको अविजित रहे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस