NTC App - Ad

मौसम : हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

तातोखबर / पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Advertisement:

लुम्बिनी  प्रदेशका केही, सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :