अतिथिका रुपमा बोलाएर राज्यको समय खेर नफाल्न सुमना श्रेष्ठको आग्रह

काठमाडौँ, १३ बैशाख/कुनै पनि संघ संस्थाहरुले आयोजना गर्ने सार्वजनिक समारोहहरुमा मन्त्रीहरुलाई अतिथिका रुपमा बोलाएर राज्यको महत्वपूर्ण समय खेर नफाल्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले आग्रह गरेकी छिन् । आज राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोर्यासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरको १५ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सहभागी मन्त्री श्रेष्ठले विभिन्न संघ संस्थाहरुद्वारा आयोजना गरिने सार्वजनिक समारोहहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुले नै सम्बोधन गर्नु पर्ने बताईन् । उनले भनिन् ‘आज मन्त्रालयको विशेष काम छोडेर यो कार्यक्रममा सहभागी हुन आएको छु, तर कुनै पनि संघ संस्थाहरुले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुमा मन्त्रीहरु मात्रै होइन कुनै पनि सार्वजनिक पदीय जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई समेत यहाँहरुले अतिथिका रुपमा बोलाएर राज्यको महत्वपूर्ण काममा बाधा नपुर्याउनु हुन म आग्रह गर्दछु ।’
केन्द्रद्वारा आयोजित वार्षिक समारोहका अवसरमा विशिष्ठ अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ बरालले केन्द्रको क्रियाकलापहरु सन्तोषजनक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा २५ वर्षसम्म सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने संस्थाद्वारा प्रकाशित वार्षिक स्मारिका समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस