मनमोहन अधिकारीको २५ औं स्मृति दिवस मनाइँदै

तातोखबर, काठमाडौं / नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ।
पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो। अधिकारी २०५१ सालमा देशकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए।
अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन्। तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ। अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको हो। १०० बाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ।
नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो।
अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए।
उनको स्मृति दिवसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रद्धान्जली व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस