NTC App - Ad

कर्णाली प्रदेश: मुख्यमन्त्री नियुक्तिको १५ दिनपछि एक मन्त्रीले लिए सपथ

karnali-pradesh-mantri

तातोखबर, सुर्खेत / कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। ​​

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका हुन्।

Advertisement:karnali-pradesh-mantri

उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले सपथ खुवाएका छन्। मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्। गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री कँडेलले १५ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका हुन्।

सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद विस्तार हुन् सकेको छैन । एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि आज परियारलाई सपथ खुवाइएको हो।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेकाले शुक्रबारसम्म सबै मन्त्री नियुक्त गरिने बताइएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :