दुई दिने राजकीय भ्रमण सकेर फर्किए कतारका अमिर

तातोखबर, काठमाडौं / कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्।
दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका थानी बुधबार स्वदेश फर्किएका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरे।
फिलिपिन्सबाट बंगलादेश हुँदै उनी मंगलबार अपरान्ह काठमाडौं आएका हुन्।
नेपाल भ्रमणका क्रममा अमिर थानीले मंगलबार साँझ राष्ट्रपति पौडेल र बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग द्वीपक्षीय वार्ता गरेका छन्।
प्रधानमन्त्रीसँगको वार्ताका क्रममा विभिन्न आठ क्षेत्रमा समझदारी गर्ने सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस