NTC App - Ad

सिद्धबाबा सुरुङमार्गको काम सुस्त, दुई वर्षमा १२ प्रतिशत प्रगति

sidhhababa-tunnel

तातोखबर, पाल्पा / सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्गको निर्माण कार्य भइरहेको छ। तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबास्थित सुरुङमार्ग निर्माणको काम दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ।

पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले २०७८ साल फागुनमा ठेक्का सम्झौता गरेको थियो।

Advertisement:sidhhababa-tunnel

राजमार्गको पाल्पा-बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्नु परेका कारण सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनेको हो।

अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माणको काम शुरु भएको हो । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनु पर्नेछ।

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी ३००-३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२.४७ प्रतिशत आर्थिक प्रगति भएको छ।

निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब ३ अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ को चैतसम्म १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :