चौथोपटक पनि विश्वासको मत पाउनेमा प्रचण्ड ढुक्क

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
शनिवार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत पाउने दावी गरे । उनले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने, ‘७ गतेको दिन विश्वासको मत लिनेछु। अहिले चौथोपटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुनेमा म विश्वस्त छु। धेरै चिन्ता लिनुपर्दैन। कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ तर विश्वासको मत प्राप्त हुन्छ । कुनै दुविधामा पर्नु पर्दैन ।’
प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको भन्दै आइतवार बिहानसम्म सहज रूपमा संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए । उनले आफूले संसद्को अवरोध हटाउन केही दिनयता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए । उनले संसद् सहज रूपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रूपमा अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताए ।
प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए । उनले नीति तथा कार्यक्रममा आएका सुझाव समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्य मिलाई ल्याउने गरी तयारी भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु