NTC App - Ad

द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत

Prabhuram-Sharma

तातोखबर, काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं-तराई/मधेश द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले काठमाडौं-तराई/मधेश द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन्  ।

Advertisement:Prabhuram-Sharma

उनले अहिले सेनाले पुल र टनेल निर्माणको काम प्राथमिकताका साथ अघि बढाइरहेको बताए । उनले फास्ट ट्रयाक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए। उनले हालसम्म निर्धारित बजेटबाटै काम भइरहेको भन्दै कुनै लागत नबढेको बताए ।

उनले तोकिएकै बजेटभित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको स्पष्ट पारे ।

शर्माले भने,‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । तर एकदम सिँगारेर, फास्ट ट्रयाक भनेर युरोपको सडकजस्तो नगरे पनि खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्‍याउन पाएँ भने हजुरहरूले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको । त्यसै भएर पुल र टनेललाई विशेष महत्त्व दिएको हो। प्राविधिक रूपमा भित्तो कोपर्ने र पुल त बनाउनैपर्छ। त्यसमा जोड दिइएको कारण यहीँ हो। अहिलेसम्म बजेटभित्रै काम गर्न हामी सफल भएका छौँ। अहिलेसम्म बजेट भित्रै छौँ। त्यो पनि कट्दैन ।’

प्रधानसेनापति शर्माले द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :