भित्री वस्त्रमा लुकाएर ल्याएको करिब ८५० ग्राम सुन सहित महिला पक्राउ

तातोखबर, काठमाडौँ / आज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन सहित एक भारतीय महिलालाई पक्राउ गरेको छ ।
सुन भारतीय महिला सहिना प्रभिनले भित्री वस्त्रमा लुकाएर ल्याएको प्रहरीले बाताएको छ । प्लास्टिकभित्र राखेर ल्याएको अवस्थामा काँचो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिएका छन् ।
अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि बुधवार विमानस्थलबाट एक किलो ७० ग्राम सुन बरामद भएको थियो ।
भारतबाट आइ विमानस्थलमा अवतरण गरेर पार्किङ गरेको इन्डिगो विमानको सिट पछाडी लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद गरिएको हो । सुन तस्करको भने पहिचान भएको छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस