NTC App - Ad

अर्को चुनावसम्म यही सरकार रहन्छ : प्रचण्ड

pm-prachand-tatokhabar

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को निर्वाचन नहुँदासम्म अहिलेकै सरकार कायम जिकिर गरेका छन्।

मंगलवार नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए।

Advertisement:pm-prachand-tatokhabar

उनले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको पनि बताए। उनले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुनुलाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए।

‘म के विश्वास दिलाउन चाहन्छु भने नेपालमा सिंगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ। त्यसमा तपाईंहरुले कुनै तनाव लिनुपर्ने आवश्यकता छैन‚’ उनले भने, ‘मिडियाहरुमा यदाकदा चल्ने छलफललाई तपाईंहरुले गम्भीरतापूर्वक लिन जरुरी छैन। १५ महिनामा मैले तीन पटक विश्वासको मत त लिएँ तर प्रधानमन्त्री म नै छु। मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न हुँदैन।’

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :