सरकारको कामकारबाही सकारात्मक छ : एमाले

तातोखबर, काठमाडौँ / सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ।
पार्टी मुख्यालय च्यासलमा आइतवार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन्। बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अघि बढाउने कुरामा एमाले केन्द्रित रहेको बताए ।
उपमहासचिव ज्ञवालीले भने, ‘समग्रमा यो सकारात्मक छ। बहुआयामिक समस्यामा फस्दै गएको देशलाई सही दिशातिर ल्याउन सफल भएको छ। सरकारका प्रारम्भिक गतिविधि सकारात्मक छन्। सरकारले अझ बढी जनतालाई विश्वास जगाउने गरी काममा गति ल्याओस् भन्ने अपेक्षा छ।’
बैठकमा यही वैशाख ८ र ९ गते गोदावरीमा हुने पार्टी महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले कार्य समीक्षा सम्बन्धी प्रतिवेदन पेश गर्ने ज्ञवालीले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस