खेत जोतिरहेकाबेला ट्याक्टरले मोटरको तारमा छुँदा पासवानको मृत्यु

तातोखबर, सर्लाही / सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेका एक ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ।
चैते धान रोप्नका लागि ब्रह्मपुरी गाउँपालिका–२, का सत्यनारायण साहको खेत जोत्दैगर्दा ज १ त ४३१४ नम्बरको ट्याक्टरका चालक सोही ठाउँ बस्ने २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो।
पानी पठाइरहेको मोटरको तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भई चालक पासवान गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा बिहीबार निधन भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस