उपनिर्वाचन : इलाम-२मा सुहाङलाई जिताउन एमाले र माओवादी केन्द्र बीच पाँचबुँदे सहमति

तातोखबर, विराटनगर / वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एमाले र माओवादी केन्द्र बीच पाँचबुँदे सहमति भएको छ।
दुइ पार्टीको कोशी प्रदेशस्तरमा भएको निर्णय बुधबार सार्वजनिक गरिएको हो । नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)ले उक्त सहमति सार्वजनिक गरेका थिए ।
निर्णयमा उपनिर्वाचनमार्फत वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने सहमतिमा उल्लेख छ।
यस्तै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पंक्तिमार्फत शक्ति सञ्चय गर्न समूह बनाएर लाग्ने, निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षित गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत एमालेका सुहाङ नेम्वाङलाई मत दिन सार्वजनिक अपिल गर्ने दुबै पार्टीले निर्णय गरेका हुन्।
उक्त निर्वाचन क्षेत्रमा काँग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह लिम्बूलगायत चुनावी मैदानमा छन् ।
प्रेस विज्ञप्ति:
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु