NTC App - Ad

शरणार्थी शिविरमा इजरायलको हवाई हमला, १४ प्यालेस्टाइनीको मृत्यु

isrel-war

ततोखाबर, काठमाडौं / गाजाको नुसेरात शिविरमा इजरायली हवाई आक्रमणमा परि कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ।

गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय स्क्वायरलाई लक्षित गरी भएको आक्रमणमा कयौं घाइते भएको जनाएको वाफा न्यूजले जनाएको छ।

Advertisement:isrel-war

मध्य गाजाको देर अल–बालाह र सुदूर दक्षिणमा रफाहमा अन्य हवाई आक्रमणहरू गरिएको थियो। हमासले मंलबार गाजामा युद्धविराम गर्ने इजरायली प्रस्तावले प्यालेस्टिनी लडाकु गुटहरूको माग पूरा नगरेको तर प्रस्तावलाई थप अध्ययन गरी मध्यस्थकर्ताहरूलाई प्रतिक्रिया दिने बताएको छ।

इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले काइरोमा भएको वार्तामा प्यालेस्टिनी इस्लामवादी आन्दोलनलाई यो प्रस्ताव हस्तान्तरण गरेका थिए।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :