सभामुख देवराज घिमिरेको त्रुटिका कारण संसद् बैठक चल्न सकेन : सांसद यादव

तातोखबर, काठमाडौँ / जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटिका कारण संसद् बैठक चल्न नसकेको बताएका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद यादवले संसद् बैठकमा सभामुख घिमिरेको त्रुटि भएको बताएका हुन्। उनले संसद्‌मा विपक्षीहरूको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै विपक्षी बोलिसकेपछि सत्ता पक्षका सांसदलाई बोल्न दिनुले वातावरण बिथोलिएको बताए।

Advertisement:

उनले संसद्‌मा साढे जुधाइ भएको टिप्पणी गर्दै यसले संसद्को गरिमा घटाउने बताए। उनले लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो विषय भएको भन्दै कसैप्रति प्रश्न उठेमा त्यसको जवाफ दिनुपर्ने बताए।

यादवले भने, ‘लोकतन्त्रमा जनताले प्रश्न गर्न पाउनुपर्छ र प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनुपर्छ। लोकतन्त्रमा जवाफदेहिता नै सबैभन्दा ठूलो विषय हो। सभामुखले यो परिस्थिति मुकाविला गर्न सर्वपक्षीय, सर्वदलीय सहमतिको वातावरण बनाउनुपर्थ्यो। संसद्‌मा विपक्षीको कुरा सुन्ने, वातावरण बनाउने भन्ने हुन्छ। यहाँ त साढे जुधाइ भयो। यसले संसद्को गरिमा घटाउँछ।’

सांसद यादवले सभामुखले संसद् खुलाउने सम्बन्धमा दलहरूबीच सहमति गराउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application