गृहमन्त्रीलाई संसदमा स्पष्टीकरण दिन कांग्रेसले रोक्न नमिल्ने : एमाले

तातोखबर, काठमाडौँ / सत्तारुढ नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनमा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसदबाट दिन कांग्रेस सहमत हुनुपर्ने बताएका हुन्।
कांग्रेसले मंगलवार लामिछानेमाथि लागेको आरोप छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो।
एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने बताए। उनले अरुको कुरा सुन्दैनौँ भन्नु लोकतान्त्रिक दल कांग्रेसलाई नसुहाउने जिकिर पनि गरे।
‘भोलि त फेरि पनि बैठक छ। भोलिको बैठक पनि यही अवस्था हुने खतरा छ। प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने देशमा डढेलो लागिरहेको छ‚ शान्ति सुरक्षाको कुरा छ‚ कतिपय जिल्लामा कर्फ्यू छ‚’ उनले भने‚ ‘त्यसबारे बताउन खोज्दा कम्तिमा पनि गृहमन्त्रीका कुरा सुनौँ। उहाँसँग लागेका प्रश्न छन् भने त्यो पनि सुन्ने धैर्य राखौँ। लोकतन्त्र आफूले कसैलाई आरोपित गरेको छ भने निजहरुले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस