विद्यार्थीको रोजाइमा पर्दै : कश्यप एकेडेमी
तातोखबर, काठमाडौं / सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने ,विज्ञान-प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमी विद्यार्थी तथा आभिभावकहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।
आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलको संस्थापक प्रिन्सिपल, आर.बी. अधिकारीले बताएका छन् । कश्यप एकेडेम स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको पनि अधिकारीले बताए ।
स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला,सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको पनि व्यवस्था रहेको छ । जहाँ शान्त वाताबरणमा विद्यार्थीले सुरिक्षत तवरले अध्ययन गर्न पाउँछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

