सुनको मूल्यमा फेरी नयाँ रेकर्ड

तातोखबर, काठमाडौं / नेपाली बजारमा सुनले फेरी नयाँ रेकर्ड कायम गरेको छ। केही महिनादेखि सुनको मूल्य दिनहुँजसो बढेर रेकर्ड कायम गर्दै आएको छ।

आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement:

आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् :