राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे र पुडासैनी उम्मेदवार

तातोखबर, काठमाडौं / राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारेको छ। नेपाली कांग्रेसले उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ।
संघीय संसद् भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ। त्यसका मनोनयन दर्ताका लागि तयारी रहेको एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक देवेन्द्र दाहालले जानकारी दिए।
नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएसँगै माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।
आज मनोनयन दर्तापछि भोलि पौने १ बजे राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस