नयाँ गठबन्धनमा सरकार बनाउदै बागमती प्रदेश

काठमाडौं, १५ चैत / संघीय सरकारमा नयाँ गठबन्धनबाट सरकार निर्माणभएसँगै बागमती प्रदेशमा समेत नयाँ गठबन्धनको सरकार निर्माण हुने भएको छ । माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने गरी ४ दलीय गठबन्धनबाट नयाँ सरकार निर्माण हुन लागेको हो ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि बागमती प्रदेश सरकार परिवर्तनका लागि ४ दलबीच ५ बुँदे सहमति भएको नयाँ गठबन्धनमा आबद्ध दलका तर्फबाट जारी गरिएको जानकारीमा उल्लेख गरिएको छ । बागमती प्रदेशमा सत्ता गठबन्धनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच मा आज ५ बुँदे सहमति भएको बताईएको छ ।
प्रदेशसभााम राजनीतिक स्थायित्व दिने गरी सरकार निर्माण गर्ने, सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलहरुबीच सहकार्य गर्ने, सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने गठबन्धनमा आबद्ध ४ दलहरुबीच सहमति भएको छ भने सोही सहमतिका आधारमा मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि भएको जारी सूचनामा जनाईएको छ ।
प्रदेशसभाको बाँकी कार्यकालका लागि सहकार्य गरी सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् ।
बागमती प्रदेशसभामा ११० सदस्य रहेको र बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा एमालेको २७, माओवादीको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ५७ सांसद सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस