उपनिर्वाचनका लागि दुवै ठाउँमा एक्लै लड्ने माधव नेपालको धम्की

काठमाडौं, १२ चैत्र / गठबन्धनमा रहेका कम्युनिष्ट पार्टीहरुबाट आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य पदमा आफ्नो दलले उम्मेदवारी नपाए दुवै स्थानमा एक्लै लड्ने नेकपा एकीकृत समाजवादीले गठबन्धनका दलहरुलाई धम्की दिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यस्तो धम्की दिएका हुन् ।

Advertisement:

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनमा रहेका दलका नेताहरुले उपनिर्वाचनका लागि उम्मेदवार छनौटमा सहमती गर्ने विषयमा आलटाल गरेको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी दिएको पार्टीनिकट श्रोतले जनायो । बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम– २ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको निर्वाचनको तयारी गर्न डिलो गर्दा निर्वाचनको नतिजा प्रभावति हुने भएकोले यस विषयमा टुङ्गो लगाउन नेता नेपालले दबाब दिईएको बताईएको छ ।

सत्ता टिकाउन गठबन्धनका सबै दल मिलाएर जानुपर्ने भएकाले उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री दाहाल नहतारिएको तर प्रतिपष्र्धामा पछाडि पर्न नहुने र आवश्यक तयारी गर्नु पर्ने भन्दै नेता नेपालले आफ्नो अडान दोहोर्याएको पार्टी श्रोतको भनाई छ । तर एकालेले आफ्नो तर्फबाट उम्मेदवार घोषणा भइसकेकाले ब्याक नहुने सङ्केत गरिसकेको छ ।्

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application