राजनीतिक नेतृत्व गर्ने कुरा योग्यता क्षमता सक्रियता बुझाइलगायत कुरामा भर पर्ने : ओली

Kp-oli-uml

तातोखबर, काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नेतृत्व गर्ने कुरा योग्यता क्षमता सक्रियता बुझाइलगायत कुरामा भर पर्ने  बताएका छन् ।

उनले नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए। ‘आलो पालो गर्ने कुरा अराजनैतिक विचार बोकेका मान्छेले गर्छन्। अहिले तपाईँको पालो त्यसपछि मेरो पालो। मेरोपछि तपाईँको पालो,’ उनले भने, ‘धारामा पानी थाप्न लाइन बसेको हो र पालो लिनलाई? तिम्रो गाग्री भरियो तिमी उता जाउ भन्नलाई। दसैंमा चिनी किन्न लाइन बसेको हो र? नेतृत्व गर्ने कुरा योग्यता क्षमता सक्रियता बुझाइलगायत कुरामा भर पर्छ।’

Advertisement:Kp-oli-uml

उनले अघिल्लो निर्वाचनमा काठमाडौंमा एमाले १० प्रतिशतमा खुम्चिएको बताउँदै त्यसलाई काठमाडौंका नेता-कर्यकर्ताले सुधार्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा त्यस्तो परिणाम दोहोर्‍याउन नदिन जनताको घर दैलो पुग्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application