नेप्सेमा ६ अंकको गिरावट

तातोखबर, काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) आज (मंगलवार) पनि घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव २४ अंकले घटेर २ हजार ६७ दशमलव २९ को अंकमा कायम भएको छ । आज ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
वित्त समूह २ दशमलव १०, जीवन बीमा समूह शून्य दशमलव ०६ र लघुवित्त समूह २ दशमलव ०३ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
आज सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १ दशमलव ३८ र व्यापार समूह १ दशमलव ३१ प्रतिशतले घटेको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड ९ दशमलव ९९ र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम-२ ७ दशमलव ०८ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ६ दशमलव ९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २५ करोड ९७ लाख २२ हजार ३६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस