रोल्पा जाँदै गर्दा पूर्व सभामुख महरा पक्राउ, काठमाडौँ ल्याउने तयारी

krishna-bahadur-mahara-pakrau
तातोखबर, काठमाडौँ / रुपन्देहीको भैरहवाबाट  माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई काठमाडौँ ल्याउने तयारी भैरहेको छ ।

उनि सुन तस्करी प्रकरणमा मुछिए पछि प्रहरीले निगरानी बढाएको थियो । उनी रोल्पा जाँदै गर्दा प्रहरीले उनलाई भैरहवाबाट पक्राउ पक्राउ गरेको हो। आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । उनको निर्देशनको भोलिपल्टै महरा पक्राउ परेका छन् ।

महरालाई भेप प्रकरणमा  प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । महराका छोरा राहुल अहिले पनि सो मुद्दामा थुनामा छन् ।

Advertisement:krishna-bahadur-mahara-pakrau

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application