प्रतिनिधिसभाको बैठक आज बस्दै

तातोखबर, काठमाडौं / प्रतिनिधिसभाको बैठक आज(सोमबार) बिहान ११ बजे बस्दै छ।
बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ।
हिजो बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि स्थगित भएको थियो।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम छ। यद्यपि कांग्रेसले संसदमा अवरोध गर्ने आफ्नो चाहना नभएको बताएको छ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गर्दै केही दिनयता निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।
तर, आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस