मंगलदीप सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम हुने

थाहा – ललितपुर जिल्लाको लगनखेलमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं स्थापना दिवसको अवसरमा थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सहकारी संस्थाको सदस्य सेवा केन्द्र शिखरकोटको ब्यवस्थापनमा आगामी चैत्र १० गते शनिबार बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको गर्न लागिएको सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघ संस्थाहरुको सहयोग र सहकार्य रहने केन्द्र प्रमुख बिष्टले बताए ।
कार्यक्रमको सहआयोजकमा पालुङ जेसीज रहेको छ भने सहायेगी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उपशाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका छन् ।
२०७० साल चैत्र ९ गते स्थापना भएको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि स्थापना दिवसको अवसरमा समुदायमा आधारित विविध सामाजिक कार्यहरु गर्दै आएको छ । छोटो समयमा सदस्यहरुको विश्वास जित्न सफल सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटमा २०७८ असोजदेखि सेवा केन्द्र सञ्चालनमा आएको हो ।
मंगलदीपको शिखरकोटसंगै गोदावरीको ठैबमा पनि सेवा केन्द्र सञ्चालनमा आएको छ । संस्थाले सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले सामाजिक उत्तरदायित्वलाई आधार मान्दैे विभिन्न सचेतना र सेवामुलक कार्यहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस