नेपाल टेलिकमका प्राविधिक अधिकृतको हाजिर टेलिकममा, काम कन्स्ट्रक्सनमा

तातोखबर, काठमाडौँ / नेपाल टेलिकमका प्राविधिक अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलालाई एक करोड ६१ लाख २० हजार चार सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ ।
टेलिकमका स्थायी कर्मचारी रहेका सिटौलाले कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एण्डल थोकर कन्स्ट्रक्सन नामक कम्पनीमा संलग्न भएर व्यापार व्यवसाय गरेको पाइएको अख्तियारले गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड विनियमावली, २०७८ को विनियम १०१ बमोजिम टेलिकमको स्थायी कर्मचारीले व्यापारव्यवसाय सञ्चालन गर्न वा वाह्य कार्य गर्न स्वीकृति लिनुपर्ने कानूनी प्रावधान रहेको छ ।
तर, उनले गैरकानुनी ढंगले निजी कम्पनीको सेयर खरिद गरी संस्थापक सेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/०७० देखि काम गर्दै आएको र पारिश्रमिकवापत रकम बुझेको र कम्पनीको विभिन्न ठेक्कापट्टामा सामेल भएको भेटिएको अख्तियारले दाबी गरेको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको एक करोड ६१ लाख २० हजार चार सय रुपैयाँ बिगो कायम गरी सजाय माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस