औषधि लिमिटेड शुरु गर्यो थप ३ औषधिको उत्पादन

aausadi-limited

तातोखबर, काठमाडौँ / नेपाल औषधि लिमिटेडले आज (आइतवार) देखि थप तीन प्रकारका औषधिको उत्पादन शुरु गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन शुरु गरेको जानकारी दिएका छन् ।

नयाँ उत्पादन हुने तीनै वटा औषधि ट्याबेलटमा छन्। एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनले बताए छ।

Advertisement:aausadi-limited

यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्टिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

उनले भने “सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौँ” ।

महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको जिकिर गरे ।

वि.सं. २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समयमा १२० प्रकारका औषधि उत्पादन गर्ने गर्थ्यो तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो ।

हाल थपिएका ३ वटा प्रकार सहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application