बाबुराम भट्टराईको नेसपा र माओवादी केन्द्रबीच एकताको सहमति

prchanda-and-baburam

काठमाडौं / नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकताको सहमति भएको छ। शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको निर्णय भएको  हो।

माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवको संयुक्त हस्ताक्षर सहितको सहमति पत्र सार्वजनिक भएको छ। वक्तव्यमा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ, एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’

Advertisement:prchanda-and-baburam

बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट  प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए भने नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव उपस्थित थिए। तर, नेसपाका अर्का अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी थिएनन्।

डा.बाबुराम भट्टराईले नेसपाबाट निर्वाचित सांसदलाई माओवादीबाट अलग गर्न निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। यसैबेला प्रचण्डले उक्त पार्टीका सांसदहरुलाई आफ्नै पार्टीमा समायोजन गराएका थिए ।

नेसपाबाट प्रतिनिधिसभामा महिन्द्र यादवसहित २ सांसद छन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application