मेडिटेशन गर्दा ईश्वरीय आनन्द प्राप्ति
– दिपिका देवकोटा
(ट्यारो कार्ड रिडर)
ध्यान(मेडिटेशन)को अर्थ विचारसून्य भएर विलिन हुनु हो । शरीरसँगै दिमागका लागि पनि ध्यान (मेडिटेशन) गर्नु एकदमै फाइदाजनक छ । जिवनमा आउने तनाव व्यवस्थापन कम गर्नका साथै दिमागलाई क्रियाशील बनाउन ध्यानले निकै सहयोग पुर्याउछ ।
मानव जीवनको प्रमुख उद्देश्य सबै प्रकारका दुःख तनाब बाट मुक्ति हो । कसैलाई दुःखवाट मुक्त गराउन वा उसका रोग, शोक र समस्याहरूलाई प्राकृतिक रुपमा निर्मूल पार्न ध्यानले मद्दत गर्न सक्छ । ध्यानले हाम्रो शरीर सँगै व्यक्तित्वलाई पनि गहिरो प्रभाव पार्छ । ध्यान गर्दा डोपामाइन (आनन्द महसुस गराउने) हर्मोन उत्सर्जन हुने भएकाले मानिसलाई आनन्द प्राप्त हुने विभिन्न बैज्ञानिक अनुसन्धानले बताएको छ ।
हाम्रो मस्तिष्कमा दैनिकजसो सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन हुन्छ । तर केही राम्रो खबर सुनियो, आफूलाई मनपर्ने खाना खाइयो, मनपर्ने ठाउँमा घुम्न गइयो भने हामी खुसी हुन्छौं र खुसी भएको बेला यो हार्मोनको उत्पादन बढी हुन्छ । त्यस्तै हर्मोन मेडिटेशन गर्दा पनि पाउन सकिन्छ ।
ध्यान (मेडिटेशन) किन गर्ने ?
- मेडिटेशन ध्यानले गर्दा रक्तनलीहरुमा हुने तनावलाई कम गर्छ । जसले गर्दा रक्तचाप नियन्त्रित हुन्छ ।
- बिहान केहीबेरको मेडिटेशनले शरीरमा ऊर्जा उत्पन्न गराउँछ । जसले गर्दा तपाईं दिनभर ऊर्जावान भएको महसुस गर्नुहुनेछ ।
- मेडिटेशन गर्नाले शरीरको रोगसँग लड्ने क्षमतामा पनि प्रभाव पर्छ । जसले गर्दा शरीरमा रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ ।
- मेडिटेशन तनाव व्यवस्थापनको औषधी नै हो । यसले दिमागमा सकरात्मक प्रभाव पार्दछ र तनाव, एन्जाइटी, डिप्रेशन लगाएतका मानसिक स्वास्थ्यलाई व्यवस्थापन गर्न मद्दत गर्छ ।
- यदी कसैलाई निद्रा नलाग्ने समस्या छ भने पनि केहीबेरको मेडिटेशनले एकदमै राम्रो असर गर्दछ । मेडिटेशनले निद्राको समस्यालाई पनि समाधान गर्छ ।
- मानसिक तथा शारीरिक रुपमा पनि रिफ्रेस बनाउने भएकाले स्मरण शक्ति बढ्छ । मेडिटेशनले एकाग्रता ल्याउँने हुँदा स्मरण शक्ति बढ्दछ ।
- तनाव तथा शारिरीक दुखाईमा ध्यान गर्नु एकदमै फाइदाजनक हुन्छ ।
ध्यानका प्रकारहरु
ध्यानका धेरै प्रकारहरु रहेका छन् जसमध्ये केहि प्रकारका बारेमा जानौँ ।
स्मृति ध्यान
स्मृति ध्यानको उदेश्य नै आफ्ना विचार र आफ्ना भावना हरक्षण निष्पक्ष भएर हेरिराख्ने या होसमा रहिरहने हो । सबै विचार, भावना र अनुभवलाई जे जस्ता छन त्यसलाई हेर्ने र त्यसलाई अनुभव गर्ने तर ती कुनै भावनाबाट प्रभावित नहुने भन्न खोजिएको हो । यसलाई यादराखे ध्यान पनि भन्न सकिन्छ । यसरी ध्यान गर्दा मन अशान्त हुन्छ सोच भागेर धेरै तिर पुग्छ । सुरुसुरुमा त मन ज्यादै भाग्छ, स्थिर राख्न धेरैनै गाह्रो हुन्छ । तर यो सामान्य प्रकृया हो ।
मन अन्तै गयो भन्ने याद आउने बित्तिकै फेरि आफ्नो ध्यानलाई पहिलेकौ स्थानमा ल्याउने हो । हामीले गर्ने प्रत्येक कार्यको स्मृति राख्ने हो, यसो हेर्दा समय ढिलो चलेको महशुस हुनसक्छ । स्मृति ध्यान भनेको सोच्ने मात्र होइन, सकारात्मक वा नकारात्मक विचारहरुलार्ई हेर्ने हो वा तिनीहरूको स्मृति राख्ने र ती दुवैबाट प्रभावित नहुने हो । सकारात्मक सोच हुनु राम्रो हो तर स्मृति ध्यान भनेको सकारात्मक सोच मात्र होइन ।
स्मृति ध्यानले शरीर र मन दुवैलाई शान्त पार्न सहयोग गर्छ । ध्यान स्वास-प्रश्वासमा केन्द्रित गर्ने भने पनि स्वास-प्रश्वासको क्रमलाई भने प्राकृतिक रुपमा चल्न दिनुपर्छ । जोडले लामो स्वास लिने वा छोड्ने गर्नु हुँदैन । हामीले स्वास लिँदा पेट बाहिर आएको वा उठेको हुन्छ भने स्वास छोड्दा पेट भित्र गएको हुनुपर्दछ । यो बिधि प्राकृतिक स्वास-प्रश्वास बिधि हो ।
चक्र ध्यान
चक्रहरू भन्नाले शरीरभित्र रहने सुषुम्ना नाडीमा अवस्थित सातवटा केन्द्रलाई बुझाउँछ।
चक्र ध्यानले रोगमात्र निको पार्ने होइन कि जीवन नै परिवर्तन गरेर ईश्वरीय आनन्द प्राप्त गर्न सकिन्छ । यसलाई कुण्डलिनी ऊर्जा जगाउने ध्यान पनि भनिन्छ ।
ध्यान गर्ने मानिसले जबसम्म चक्रमा अवस्थित ऊर्जा शक्ति बुझ्न सक्दैन, तबसम्म मानिस समस्यामा परिरहन्छ ।
मनव शरीरमा सातवटा चक्रहरु रहेका छन् । मानव शरीरले आन्तरिक ज्ञान र बाह्य ज्ञानको मिश्रणबाट आनन्द प्राप्त गर्न सक्छ । चक्र ध्यानलाई ध्यान मध्येको उत्कृष्ट ध्यान मानिन्छ । शरीरका सम्पूर्ण चक्रलाई जान्नसके मोक्ष प्राप्तहुनेछ । फरक फरक केन्द्रमा ध्यान केद्रिकृत हुने हुँदा फरक फरक चेतनास्तरको विकाश हुन्छ । यस ध्यान विधिले मानिसको चेतनाको स्तरमा नै परिवर्तन गरिदिन्छ । यस ध्यानलाई बुझ्नसके हरेक कुरालाई हेर्ने दृष्टिकोणमा फरक पाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय