बोलेरो दुर्घटनामा सात जनाको मृत्यु

तातोखबर, उदयपुर / उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा बिहीबार भएको बोलेरो दुर्घटनामा सात जनाको मृत्यु भएको हो।

भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे भीरबाट खस्दा चालकसहित सात जनाको ज्यान गएको छ।

Advertisement:

दुई जनाको शव भेटिसकेको र अन्य पाँच जनाको शव भिरमा गाडीले चेपिएको अवस्थामा भेटिएकाले डोरी लगाएर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस् :