गृहमन्त्रीको हातमा सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

rabi-lamichhane-pratiwedan

तातोखबर, चैत १ / उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिना लामो छानबिनपछि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

Advertisement:rabi-lamichhane-pratiwedan

विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो।

उक्त आयोगले ९ भन्सार नाकाको स्थलगत अनुगमन गरेको थियो भने  ६८ व्यक्तिसँगको बयान लिएको थियो।  ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार भएको गृह मन्त्रालयले जनाएको छ।

‘मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सिडिआर/डिएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश छ’, प्रतिवेदन हस्तान्तरणका क्रममा भनिएको छ।

प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले  प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने बताए। दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि बताए।

‘आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्दै मन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा छ’, लामिछानेले भने, ‘ जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने। विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याउने र प्रतिवेदन कार्यान्वयनको चुनौती आफैँले सामना गर्नेछु।‘

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application