संघीय निजामती विधेयक प्रतिनिधिसभामा पेश हुँदै

तातोखबर, चैत १ / संघीय निजामती विधेयक आज प्रतिनिधिसभामा पेश हुने भएको छ।
बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्ने कार्यतालिका रहेको छ। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गराएकि थिइन्।
विविधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमालाई घटाइएको छ।
आजको बैठकमा संघीय निजामती विधेयक प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेलगायतका कार्यसूची रहेको संघीय संंसद सचिवालयले जनाएको छ।
बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई शुरुमा निर्णयार्थ प्रस्तुत गर्ने र त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।
यस्तै मन्त्री जोशीले नै ‘निमाणमुखी सामग्री ( ब्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामथि छलफल प्रारम्भ गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस