सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन

हेटौंडा – बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउनको लागि १ हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडाको सभाहलमा भएको सहकारी सञ्जालको बैठकले बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।
साथै सहकारी दिवसलार्ई अनुशासित, ब्यवस्थित र मर्यादित रुपमा भब्यताका साथ सम्पन्न गर्न बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीलाई प्रमुख सल्लाहकार, सहकारी महासंघका सञ्चालक बद्री प्रसाद लम्साल र केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक बिदुर हुमागाईलाई सल्लाहकार मनोनयन गरिएको छ ।
मूल समारोह समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी माहाशाखाका रजिष्ट्रार रोहित पोखरेल रहेका छन् ।
मूल समारोह समितिमा राष्ट्रिय सहकारी महासंघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, केन्द्रिय विषयगत सहकारी संघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लि. र बिषयगत सहकारी संघका सम्पूर्ण सञ्चालकहरु, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका लेखा अधिकृत विनोद प्रधान, योजना अधिकृत उत्तम चापागाई, प्रशासन प्रमुख बिजय बिडारी, अधिकृत दिपकराज मिश्र, बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला सहकारी संघका संचालक, लेखा समिति र पूर्व अध्यक्षहरु, ब्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक बामगमती प्रदेश कार्यालय हेटांैडा, नेप्mस्कुन फिल्ड कार्यालय हेटौंडा, मूल कार्यक्रममा सहभागी हुने स्थानिय पालिका भित्रका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, समन्वय समिति गठन भएका पालिका स्तरिय समन्वय समितिका संयोजकहरु रहने सहकारी दिवस मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दाहालले बताए ।
बैठकले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन आवश्यक समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको छ ।
सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सहसंयोजक बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, सदस्य सचिव बागमती प्रदेश सहकारी माहाशाखाका रजिष्ट्रार रोहित पोखरेल, सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेशका सञ्चालकहरु, केन्द्रीय बिषयगत सहकारी संघ लि.का सञ्चालकहरु, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अधिकृत रमेश पौडेल, बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यालय प्रमुख प्रतिमा सापकोटा, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौंडेल, बागमती प्रदेश सहकारी संघका ब्यवस्थापक रुपक घिमिरे, बागमती प्रदेश बिषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु, मकवानपुर जिल्लाका बिषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु रहेका छन् ।
६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध रचनात्मक कार्यक्रम सहित मनाउने संयोजक नारायणप्रसाद देवकोटाले बताउनुभयो ।
नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक बर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित मनाउदै आईएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application